काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार