काठमाडौं । नेपाल एयरलाइन्सको विमान स्वास्थ्य सामग्री लिन ओमान उडेको छ । गैरआवासीय नेपाली संघ र नेपाली दूतावास, ओमानबाट प्राप्त करिव ६०० थान अक्सिजन सिलिन्डर लिन त्यसतर्फ विमान उडेको हो ।
शनिबार बिहान त्यसतर्फ उडेको विमान आजै साँझ आइपुग्ने नेपाल एयरलाइन्सले आज जनाएको छ ।
त्यसैगरी, शनिबार राति नेपाल एयरलाइन्सको विमानलाई चीन पठाइँदैछ । चीन सरकारले नेपालका लागि तयार पारिदिएको ४०० थान अक्सिजन कन्सर्नटेटर, अक्सिजन
सिलिन्डरलगायतका स्वास्थ्य सामग्री ल्याउन विमान त्यसतर्फ पठाउन लागिएको हो ।
चीन सरकारले कोभिडको चपेटामा परेपछि नेपाललाई सहायता गर्ने घोषणा गरेको छ । यसअघि चीनले ४०० थान अक्सिजन सिलिन्डरलगायतको सहायता नेपाललाई उपलब्ध गराएको थियो ।