गोपाल बटाला। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका कोरोना विरुद्ध एक्लै जुटेको छ। ग्रामीण भेकमा रहेको यो नगरपालिकामा न त धेरै स्रोतले साधन छ न त स्वास्थ्य सामग्री नै तैपनी नगरपालिका कोरोना महामारीको लडाइँमा भने सक्रियताका साथ लागिरहेको छ।

आठबिसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसीले यतिखेर सबै नागरिकले घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यहि भएको धारणा व्यक्त गरे ।

उनले भने,, अहिले मुलुक नै महामारीको चपेटामा परेको छ। जताततै स्वास्थ्य सामग्री लगायतका अत्यावश्यक वास्तु अभाव छ। यो हाम्रो नगरपालिकामा छ। हामिलाई संघ र प्रदेश सरकार बाट कुनै सहयोग भएको छैन। स्वास्थ्य उपकरण समेत सापटी लिएर बिरामीको जाँच गर्दै आएका छौँ । यो संकटमा एक्लै लडिरहेका छौँ ।

काम गरी खाने मजदुर वर्गलाई यो अवस्थाले अप्ठेरो बनाएको भए पनि उनीहरुलाई केही सहयोगको कार्यक्रम ल्याउने भन्दै आगामी दिनमा हामी सबै उज्यालोतर्फ प्रवेश गर्ने दिन पनि छिट्टै नै आउने केसीले बताए ।

नगरपालिकामा हालसम्म १०० जना संक्रमितको संख्या छ भने त्यहाँ बाट रेफर गरेका दुई जना संक्रमितको ज्यान गैसकेको छ। संक्रमित बिरामीको लागि नगरपालिकाको एम्बुलेन्स बिग्रेकाले गाडी भाडामा लिएर नगरपालिकाले सेवा दिदैं आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार