रुकुम पश्चिम : रुकुम पश्चिमको जिल्ला अस्पतालले कोरोना (एन्टिजेन) परीक्षण बन्द गरेको छ। जिल्ला अस्पताल सल्लेले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणवस अर्को सूचना नआएसम्मको लागि एन्टिजेन परीक्षण बन्द भएको जनाएको हो ।
हालसम्म जिल्ला अस्पतालले नै कोरोना संक्रमणको रोकथाम तथा उपचारमा नेतृत्व गरिरहेको छ । जिल्ला अस्पतालमै कोरोना परीक्षण रोकिएपछि अन्योलको वातावरण बनेको छ ।
जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि केहिदिन अघि मात्रै जिल्ला अस्पताललाई अस्थायी कोरोना अस्पताल बनाइएको थियो ।
र्यापिड एन्टिजेन, पीसीआर परीक्षण गराउन चाहाने ब्यक्ति र शंकास्पद ब्यक्तिले कोरोना परीक्षण गराउनुपरेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ।
हालसम्म रुकुम पश्चिममा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भैसकेको छ, भने सात सय बढी संक्रमित रहेका छन् ।