काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ ढङ्गले अगाडी बढाउन सुझाव माग गरेका छन् । आइतबार फेसबुक पेजमार्फत आगामी दिनमा पार्टीको राजनीतिक एव‌ सङ्गठनात्मक संरचनालाई नयाँ ढङ्गले अघि बढाउनेबारे उचित राय सल्लाह माग गरेका हुन् ।

पार्टी पुनर्संरचनाको सङ्केत गर्दै अध्यक्ष प्रचण्डले आफ्नो राय सुझाव लेखि इमेलमार्फत पठाउन आग्रह गरेका छन् ।

‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, सङ्गठनात्मक संरचना, घाइते अपाङ्ग एवं शहिद परिवारलगायत नेता कार्यकर्ता आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढङ्गले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार