काठमाडौँ । कोरोना भाइरसको तीब्र बृद्धिका कारण जारी निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत आज गन्तव्यस्थल साउदी अरब लगिँदैछ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् । यसमध्ये हिमालयका दुई जहाज बिहान उडिसकेका छन् । हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् ।

भारत र सउदी अरबबीच सहमती भएपछी नेपालमा रोकिएका भारतियलाई गन्तब्यसम्म पुग्ने बाटो खुलेको हो । साउदी अरबले भारतको सिधा उडान रोकेपछि भारतीयहरु नेपाल हुँदै त्यसतर्फ गइरहेका थिए।

आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार