गोपाल बटाला । रुकुम पश्चिमको जिल्ला थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका, ५ का ७० वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको कोरोना रोग फोकल पर्सन इश्वर रावलले जानकारी दिए । खोकी, ज्वरो, श्वास प्रश्वासमा समस्या देखिएपछि वैशाख १ गते विहान १ बजे उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पताल पुर्याइएपछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
रुकुम पश्चिममा थप एक संक्रमितको मृत्यु

