काठमाण्डाै – रुकुम पश्चिमका लागि छुटेको बस नवलपरासी पश्चिममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको र अन्य तिनको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार