गोपाल बटाला ,रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका प्रजिअ सहितको टोलिले आठबिसकोट नगरपालिकामा अनुगमन गरेको छ। न कोरोनाको उपचार हुने अस्पतालमा स्थलगत अनुगमन गरिएको स्रोतले जनाएको छ।
कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा ,कोरोना संक्रमितको अवस्था बुझ्न बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ,डिएसपी धुब्र कुमार श्रेष्ठ लगायतको टोलिले आठबिसकोट नगर अस्पतालमा अनुगमन गरेको हो।
लकडाउनलाई प्रभावकारी बनाउन निर्देशन गर्दै प्रजिअ गैह्रेले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भए जोखिम बढी हुने र उपचारका लागि जनशक्ति कम हुने भएकाले अनुगमन आवश्यक भएको उनले बताए। साथै बढी चहलपहल हुने स्थानहरूमा बिशेष गरि निगरानी राख्न सुरक्षाकर्मिलाई निर्देशन दिए।
साथै बजारमा खाद्यान्न ,फलफूल लगायत दैनिक उपभोग्य वस्तुको अवस्था बारे पनि अनुगमन टोलिले जानकारी लिएको छ । कीट तथा अक्सिजनको कमि भएको स्वास्थ्य कार्यालयले जानकारी गराएपछि अनुगमनमा गएको टोलिले तत्काल उपलब्ध गराउन पहल गरीने जनाएको छ।