काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूले प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

मुलुकमा भयावह बन्दै गएकाे कोरोना भाइरसकाे संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका विषयमा देउवा लगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।

उहाँहरूले प्रधानमन्त्रीसमक्ष १५ बुँदे मागसहितकाे ज्ञापनपत्र बुझाउनुभएकाे छ । जसमा सबै जनतालाइ खाेपकाे सुनिश्चितता गर्न र खाेप ल्याउन पहल गर्न माग गरिएकाे छ । साथै खाेप ल्याउने लगायत स्वास्थ्य सामग्रीमा भएकाे भ्रष्टाचार र कमिसखाेरी अन्त्य गर्न, अक्सिजनकाे सहज उपलब्धता गराउन र देशभरि सबै जिल्लामा अस्पताल, बेड, भेन्टिलेटर लगायत स्वास्थ्य उपकरणहरू तथा स्वास्थ्यकर्मीकाे उचित व्यवस्था गर्ने लगायत माग अघि सारिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार