गमानसिङ घर्ती, रुकुम पश्चिम । रुकुम पश्चिममा जारी निषेधाज्ञा थप १५ दिन लम्बिएको छ । कोरोनाको महामारी नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले गरेको सिफारीस अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा १५ दिन निषेधाज्ञा थप गरेको हो ।
जेठ ७ गते राती १२ बजेदेखि जेठ २२ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
हालसम्म रुकुम पश्चिममा १ हजार बढि सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भैसकेको छ ।