लायन्स क्लब अफ देउखुरी दाङकि उपाध्यक्ष सबि अधिकारीको पहलमा शुक्रबार अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरीएको छ । क्लबले २९ वटा भरिएका अक्सिजन सिलिन्डर लमहीको कोरोना अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लायन्स क्लब अफ देउखुरीका पदाधिकारीहरु र क्लबका अध्यक्ष रेशम बहादुर खड्काले कोरोना अस्पताल पुगेर लमही नगरपालिकाका प्रमुख, उपप्रमुख र कोरोना अस्पतालका स्वास्थ्यकर्मी सहितको टोलिलाई हस्तान्तरण गरेका हुन।
अस्पताललाई २९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । क्लबकि उपाध्यक्ष सबि अधिकारीले भनिन् ,अब तत्कालका लागि कोरोना अस्पतालमा अक्सिजनको अभाव टरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको अधिकारीले बताइन ।
लमही जेसिजको पहलमा संकलन भएका खालि सिलिन्डरलाई लायन्स क्लब अफ देउखुरीले रुपन्देही बाट रिफिल गरि कोरोना अस्पताललाई उपलब्ध गराएको हो ।
अक्सिजन सिलिन्डर रिफिल गर्नका लागि ब्यवसायी शंकर नाथ योगी, कपिलदेब खनाल र लक्ष्मण नेपाल लगायतले आर्थिक सहयोग र सबि अधिकारीको पहलमा उपलब्ध गराइएको हो ।
कोरोना अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती अक्सिजन सिलिन्डरको सदुपयोग गरिने अस्पतालले जनाएको छ ।