गोपाल बटाला ,रुकुम पश्चिम । म बनाउछु मेरो गाउँ करिब एक महिना अघि निकै चर्चामा आएको अभियान हो । विभिन्न दाताहरु संग संकलन गरिएको रकमले विद्यालयको भौतिक संरचना देखि लिएर व्यवस्थापनका लागि अभियान सुरु गरिएको थियो ।
छोटो समयमै निर्माण गर्ने भनेर जति चर्चा गरियो त्यति काम हुनसकेको छैन । जनबिकास मावी घारीखोलामा
१६ कोठाका ४ भवन निर्माण हुने र २ वटा नयाँ भवन बन्ने र २ वटा भवनमा नयाँ तला थप्ने गरि काम सुरु भएको थियो ।
अभियान का सचिब टिकाराम केसिका अनुसार हालसम्म ४० लाख रकम उठिसक्यो भनेको रकम अहिले सम्मा जम्मा २१ लाख उठेको र १९ लाख अझै उठ्न बाकी रहेको छ । चन्दादाताहरुले दिने भनेर घोषणा गरेपनी हालसम्म नदिएको केसीले बताए ।
१६ दिनमा बन्ने भनेको बिद्यालयको भबन दोस्रो चरणको कोरोना सुरुभए संगै लकडाउन को कारण निर्माण कार्य रोकिएको छ । अब भवन कहिले सम्म बन्न सक्छ भन्ने कुनै टुंगो छैन अभियानका सचीव केसी बताउँछन् ।
उक्त अभियानमा १८३ घरधुरीले एक घर बराबर १८० घण्टा जनश्रमदान गरेका छन् । भबन १,६२,००००० रुपैयाँ मा बन्ने भनेको मुख्यमन्त्री बाट १०,००००आएको जम्मा खातामा ३१,०००० मात्र जम्मा भएकोे र बाँकी रकम नगरपालिकाले दिने बताईएको छ । यदि नगरपालिकाले पैसा दिएन भने फेरि क्लबले आफैले पैसा संकलन गर्ने जनाइएको छ ।
आठबिसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसि लाई बाँंकी रहेको रकम चाहियो भनेर कलबले माग गरिरहेको छ। १५ दिनमा भवन निर्माण हुन्छ भनेर ५ दिन स्थानीय सरकारले स्कुल समेत बन्द गरेको थियो ।