काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तरप्रदेश आसपासमा रहेको न्युनचापीय क्षेत्रको प्रभावले आज मुलुकभरको मौसममा बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार र सोमबार पनि ठाउँठाउँमा वर्षाको सम्भावना छ ।