काठमाडौँ । पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपुर्ण कार्य भएको टिप्पणी गरेका छन् ।
नेता शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको बताउँदै त्यस विरुद्ध एकजुट हुन पनि आग्रह समेत गरेका छन् ।
आज बिहान समाजिक सञ्जालमार्फत उनले भनेका छन् : “राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्यविरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं ।”