काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालजस्तो निर्लज्ज मान्छे दुनियाँमा नदेखिएको बताउनुभएको छ । आइतबार बालुवाटारमा पत्रकार सम्मेलनमार्फत् प्रमुख प्रतिपक्ष दलसँग मिलेर पार्टीका अध्यक्षलाई हटाउने नेपालजस्तो निर्लज्ज मान्छे दुनियाँमा कहीँ नदेखिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफ्नै पार्टीको अध्यक्ष, संसदीय दलको नेता एवं प्रधानमन्त्रीलाई हटाएर र प्रमुख प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउनका लागि निर्लज्ज भएर कुँदेको यो लोकतान्त्रिक आन्दोलनमै छैन कहीँ । कहीँ हुँदैन यस्तो । छैन । जो माधव नेपालको नेतृत्वमा निर्लज्ज प्रर्दशन भयो । यस्तो रेकर्ड दुनियाँमा छैन । कमसेकम म बस्न सक्दिन भनेर इमान देखाउछन् । म नेकपा एमालेको वरिष्ठ नेता भएर लाजमर्दाे भएर कोही पनि जाँदैन क्या ! एमालेको नेताविरुद्ध विपक्षी नेताको पक्षमा हस्ताक्षर गरेर अनि म एमालेको वरिष्ठ नेता भनेर ङिच्च दाँत देखाएर बस्न, यस्तो निर्लज्ज दुनियाँमा देखिएको छैन ।’
नेपाल समूहले दर्ता गरेको भनिएको पार्टीलाई ‘डुब्लिेकेट’ पार्टी दर्ता गरिएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । उहाँले भन्नुभयो, ‘डुब्लिेकेट’ पार्टी दर्ता गरिएकादर्ता गराएको छ । कति छद्म खेल । छद्म पनि के होर पत्रैपत्र । षड्न्यत्रै षड्यन्त्रै, धोकै धोका, बेइमानी नै बेइमानी । निर्लज्जै निर्लज्ज । अब हामीले स्पष्टीकरण सोधेका छौँ र तदर्थ निलम्बनको कारबाही थाल्छौँ ।’