कपिलवस्तु । कपिलवस्तुमा जेठ ११ गतेदेखि १७ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । कपिलवस्तुमा तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो ।
कपिलवस्तुमा कोरोना संक्रमितहरु बढेपछि यस्तो निर्णय गरिएको जिल्ल प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
आज बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले सो निर्णय गरेको हो । आज बिहान लकडाउनबारे निर्णय गर्नका लागि प्रशासनले बैठक आह्वान गरेको थियो ।
यसैबीच अत्यावश्यक बस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।