गोपाल बटाला,रुकुम पश्चिम् । राष्ट्रपति  विद्यादेवी भण्डारीले मन्त्रिपरिषदकाे सिरिसमा गर्नुभएकाे अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध रुकुम पश्चिमको आठबिसकोटमा  नेविसंघले विरोध स्वरूप जुलुस प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो ।

आठबिसकोट राडी बजारबाट निस्किएको  जुलुस सहितको -यालीमा विद्यार्थीहरूले गैर संवैधानिक कदम विरुद्ध नाराबाजी लगाउदै बिरोध गरेका हुन।

आईतबार बेलुका आठबिसकोटमा गरिएको विरोध मसाल जुलुसमा विद्यार्थीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक
भएको ठहर गर्दै विरोध प्रदर्शन गरेको नेपाल बिद्यार्थि संघ आठबिसकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार