काठमाडौं । नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको अवस्था छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर ,औसधि उपचार र अक्सिजनको अभाव पनि हुन थालेको छ ।
आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर ज्यान पनि गुमाइरहेका छन्। यसैबीच प्रवासमा बस्दै आएकी सपना न्यौपानेले कोरोनाका बिरामीलाई उपचारमा सहयोग होस् भनी आर्थिक सहयोग गरेकी छन् ।
कोरोना संक्रमितका लागि अक्सिजन ग्यास,औसधि र बिरामीका कुरुवालाई खाना उपलब्ध गराउन आर्थिक सहयोग गरेकि हुन् । उनले आइतबार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत बिरामीका लागि ३२ हजार रुपैयाँ सहयोग गरेकी छन् । कोरोना संक्रमण भएपछि उपचारमा समस्या भएका सात जना बिरामीलाई उपचार्थ सहयोग गरेकी हुन् ।
पैसाको समस्याले गर्दा अक्सिजन मात्रै होइन खाना र औसधि समेत नपाएर धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले सो सामग्री जुटाउनका लागि सहयोग गरेको बताइन।
उनले भनिन – ‘कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्नु हुँदैन भनेर सहयोग गरेको हुँ । यस्तो समयमा हामी सबैले आफूले सकेको सहयोग गर्नुपर्छ ।’थोरै होस या बढी काेराेना संक्रमीत विरामिहरूलाई विभिन्न खाले सुविधा उपलब्ध गराउने र हेरबिचार गर्नु नै मानव सेवा हो