मोरङमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
यस्तै सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो ।