काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जारी निषेधाज्ञा थप गर्नका लागि छलफलमा जुट्दै छन् । काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको संयुक्त बैठक बसेर निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको बताइएको छ ।

आज (मंगलबार) दिउँसो बस्ने बैठकले निषेधाज्ञा थप्ने र यसबारे नियमहरु तय गर्नेबारे निर्णय लिइनेछ । यसअघि थपिएको निषेधाज्ञा आजै मध्यराति सकिँदैछ ।

यसअघि उपत्याकाका तीन जिल्ला प्रशासनमार्फत् सुरुमा वैशाख २२ गतेसम्म एक हप्ता निषेधाज्ञा लगाइएकाे थियाे । पुनः थपेर मसान्तसम्म लागाइएको निषेधाज्ञा फेरि अर्काेपटक थप गरेर जेठ १३ गतेसम्म लम्ब्याइएको थियो । थपिएको अवधि मंगलबार मध्यराति सकिनुअगाडि नै निषेधाज्ञा थप गर्नेबारे निर्णय लिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार