सत्य बटाला ,रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा कोरोना भाइरस कोभिड- १९ तिब्र रुपमा बढिरहेकाे छ । आज एकै दिनमा प्रादेशिक प्रयोगशाला सुर्खेत मा १ सय १९ जनाको पिसिआर परिक्षण गर्दा ४८ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख मनिराज शाहले बताउनु भयो

अहिले सम्म नगरअस्पतालमा जम्मा ३ सय २५ जनाको एन्टिजेन परिक्षण गर्दा १ सय १७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने पालिकामा सक्रिय सक्रमित ७१ जना रहेको स्वास्थ्य सयोजक शाहले बताउनु भयो ।

त्यस्तै नगर अस्पतालमा को आइसोलेसनमा ४जना र ६७ जना होम आइसुलेसनमा रहेका छन अहिले सम्मा ११ जनालाइ रिफर गरिएको छ ।

अहिले सम्मा ८३ जना निको भएर घर फर्केको अस्पताल श्रोतले जनाएको छ। आइसोलेसन मा रहेका ६० बर्सिया पुरुष लाई अक्सिजन मार्फत उपचार गरिएको र अरु सबैको अवस्था सामान्य रहेको आइसोलेसनको डिउटी मा रहेका स्वास्थ्यकर्मी कुमारजङ बाठाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार