सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपलिका –५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृत्यु भएको उहाँका आफन्त डेबिन मेवाहाङले जानकारी दिनुभयो ।

गत शुक्रबार जङ्गली च्याउ खाएर सिलिचोङ –५ याफुका राईसहित परिवारका नौ जना बिरामी भएका थिए । निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड अस्पतालमा निधन भएको हो ।

च्याउ खाएर बिरामी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार