गोपाल बटाला , रुकुम पश्चिम । आठबिसकोटको गिजागाड खोलामा फोहोर फाल्दै गर्दा फोहोरको चाङ लागेको छ। सातौंदिन बितिसक्दा पनि खोलाको किनारमा थुपारिएको फोहोरले नगरबासीलाई सास्ती थपिदै गएको छ ।

राडी बजारको फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल्ड साइट निर्माण भएपनि स्थानीय बासीले प्रयोग गर्न नदिएपछि फोहोर जथाभावी फाल्ने गरिएको छ।
नगरपालिकाका अनुसार ल्याण्डफिल्ड सञ्चालनमा नआएसम्म बजार क्षेत्रको फोहोर संकलन नगर्ने बताइएको छ। स्वच्छ सफा नगरको नारादिएको नगरपालिकामा फोहोर समेत व्यवस्थापन हुननसक्नु दु:खद कुरा हो ।

नगरपालिकाबाट दैनिक निस्किने फोहोर तह लगाउन जति सक्रियता आवश्यक छ, त्यसका तुलनामा नगरको संयन्त्र चुस्त छैन । यसको परिणाम यहाँका नदी,खोला र जलाशय आसपास फोहोर मिल्किएको देख्न पाइयो भने अचम्म नमाने हुन्छ । यहीँ फोहोर फाल्ने भनेकै यस्तै स्थानहरूमा हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार