सत्य बटाला । रुकुम पश्चिको आठबिसकोट नगरपालिका वडा नम्बर ७ दाजे औलिगाउँमा बिश्वब्यापी फैलिरहेको कोरोना भाइरस लाई टोल-टोलमा फैलिन नदिन र आफ्नो गाउँमा भाइरस बाट बचाउनको लागि जनचेतना मुलक ७ सदस्य टोल समिती गठन गरिएको टोल समिति सदस्य अर्जुन केसिले बताउनु भयो ।

उक्त जनचेतना मुलक ७ सदस्य टोल समितिले टोलमा घर घरमा गयर कोभिड१९ बाट बच्ने नियमित साबुन पानीले हात धुने, नियमित मास्क प्रयोग गर्ने, भौतिन दुरि कायम गर्ने, जस्ता महत्त्वपूर्ण सन्देश टोलमा प्रचार गरिएको छ ।

टोलमा कोभिड १९ नियन्त्रण गर्न सम्पुर्ण टोल बासिहरुलाइ टोल भेला, बैठक, समूह गर्न गराउन नपाइने, नेपाल बाहिर बाट आउने नागरिक पनि नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइन कम्तिमा १४ दिन बसि टोल मा प्रबेश गर्ने भनी सुचना प्रकासित गरि प्रत्येक घर घरको भित्तामा टाँसि सन्देश दिएको बताइएको छ ।

कोरोना भाइसर कोभिड १९ ले उग्ररुप लिइरहेको हुदा आफ्नो टोल कोभिड मुक्त टोल बानाउने उदेश्यले युवाहरु मिलेर जनचेतना मुलक समिती गठन गरिएको सदस्य दिपक केसिको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार