बर्दिया । बर्दियामा लागु औषध चरेससहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक वन नजिकबाट लागु ओैषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागु ओैषध सहित पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नं ६ सिमलघारी बस्ने २६ बर्षिया कमल बिश्वकर्मा, सोहि ठाउ निवासि ३२ बर्षीय कालिबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका वडा नं,८ शितलाबजार बस्ने ४८ बर्षीयाया बल बहादुर कामी रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार