गोपाल बटाला। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई फलफुल बितरण गरिएको छ ।

नगर अस्पतालको कोरोना बिशेष अस्पतालको आइसोलेसन कक्षमा रहेका कोरोना संक्रमितलाई फलफूल बितरण गरीएको हो ।

नगरप्रमुख गोर्ख बहादुर केसीको निर्देशनमा वडा नम्बर १० का वडाअध्यक्ष गंगराम चनारा र वाइसीएल नगर संयोजक धुव्र केसीले बितरण गरेका हुन ।

संक्रमितलाई खानपिनमा अप्ठ्यारो नहोस् भनी फलफूल बितरण गरिएको गंगराम चनाराले जानकारी दिए।

कोरोना संक्रमण भएर आइसोलेसनमा उपचार गराइरहेका ११ जना संक्रमितलाई फलफूल बितरण गरीएको हो ।पछिल्लो समय वडा अध्यक्ष आफ्नो नियमित कामकाज तर्फ भन्दा पनि नगरभित्रका कोरोना संक्रमितको सेवामा तल्लीन रहेका छन् ।

उनी भन्छन् ,,संकटमा जनप्रतिनिधिले नगरे कसले गर्छ? हामी जनताका सेवक हौं। सेवकले जनताको सेवा सधैं आपतबिपतमा गर्नुपर्छ। हामिले हाम्रो वडावासीहरुको घरमै गएर स्वास्थ्य अवस्था बुझ्दै आएका छौँ । यो निरन्तर रुपमा गरिरहने छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार