बर्षौ पछि आयो फेरी जन्मदिन मेरो
नबिर्सने खुशी यो मनमा अटिन मेरो।
जन्म दियौँ आमा बुबा यो धर्तीमा
खुशीयाली मनाउँदैछु छिन छिन मेरो।
टाढा हुँदापनि सम्झि सम्झि हजुरलाई
मनाई दिएँ परदेशमा पनि जन्मदिन मेरो।
आशिर्वाद दिनु सधैभरी आमा मलाई पनि
यस्तै यस्तै खुशी आवस् अझै दुई तिन मेरो।
हाँसी खुशी फैलि रहोस् जिन्दगीमा मेरो सधै
दुश्मन पनि टाढै बसोबास गरोस् अधिन मेरो।
सपना न्यौपाने