तिम्रो आँशु देखीदेखी दिलखोलेर हाँसु कसरी।
पिर ब्यथा बुझि उड्छ गुँड छोडेर चरा जसरी
तिमी हाँस्दा हाँस्छन् रूँदा रून्छन् मान्छेहरु
नाता यस्तो तोडीतोडी चाहियो यहाँ के अरु
मेरो आँखा भनूँ या भावना सबै तिमी नै हौ
तिम्रो पूजा गर्न छोड्दा हुन्छ जिवनमा धौ धौ
मेरो तन भनूँ या मन जे भने पनि तिमी नै अब
कुल आफ्नो भुली तिम्रो कुलमा आए खुशी तब
तिम्रै काखमा छ मायाको खानी खोजु म कहाँ
स्वर्ग जस्तो घर छोडीछोडी बसेको छु हेर यहाँ
सपना न्यौपाने ,हाल परदेश युएई