- गोपाल बटाला

गोपाल बटाला , रुकुम पश्चिम । यस पटक विगत भन्दा कडाखालको कोरोना छ । अन्य रोग भएका संक्रमितलाई निकै सताउने गरेको छ । रुकुम पश्चिममा पनि कोरोनाका अवस्था बढ्दै गएको छ।

तर यहाँको आठबिसकोट नगरपालिकामा भने कोरोना संक्रमितको शव जलाउन लापरबाही भएको छ ।कोरोना एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सजिलै सर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार संक्रमितको शव व्यवस्थापन गर्नुपर्ने भएपनी यहाँ भने त्यसो नगरेको देखिएको छ ।

आठबिसकोट नगरपालिका ८ का एक जना पुरुषको कोरोना संक्रमणबाट सुर्खेतमा मृत्यु भयो । उनको शव नगरपालिकामा ल्याइयो । मलामी सहित माओवादीकेन्द्रको झण्डा ओढाएर उनको शव राडी बजारबाट मसानघाट सम्म लगियो।

मान्छेहरुको भिड त्यतिकै छ भने अर्कोतिर जथाभावी शव जलाउदा वातावरण समेत पदूषण हुने देखिन्छ। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा आठबिसकोट नगरपालिका -८ का वडाअध्यक्षका पराजित उम्मेदवार हुन् ।

निशेधाज्ञाको समयमा मान्छेहरुको भिडले थप संक्रमण फैलने डर बढेको छ । बजारक्षेत्रमा यति धेरै मान्छेको जमघट सहित संक्रमितको शव डुलाउदा स्थानीयबासी चिन्तामा छन् ।

घाटको सानो क्षेत्रफलमा शबलाई ब्यवस्थापन गर्नेहरुले अत्याधिक फोहोर गरेको स्थानियहरुले बताएका छन् । यसबाट बाताबरणिय प्रतिकुल बन्दै गईरहेकोले स्थानीयहरू चिन्तित देखिएका छन् । मृतक पुरुष नेकपा माओवादी केन्द्रका नेता भएकोले स्थानीय सरकारको निर्देशनमा मलामी सहित शव जलाउने निर्णय गरिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार