गोपाल बटाला रुकुम पश्चिम: पछिल्लो समय रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कोरोना संक्रमणको दर बढेको छ। परिक्षणको आधाभन्दा बढिमा संक्रमण देखिने गरेको अवस्था छ ।

संक्रमितको संख्या बढेसँगै नगर अस्पतालमा बेड अभावको समस्या देखिएको छ। १५ वटा बेडमा १४ जना संक्रमितले उपचार गराइरहेका छन् । हप्ता १० दिन अघिसम्म खाली रहेको अस्पतालका बेड अहिले भरिसकेको छ। ।

अस्पतालका एक कर्मचारीले बिरामीको संख्या बढ्दै जादा बेड र कर्मचारीको अभाव पनि बढेको बताए । उनले बिरामीको चाप बढेसँगै काम गर्न असहज भएको सुनाए।

‘बिरामी आइरहनुभएको छ जनशक्ति छैन, केहिदिनमै बेहाल हुने अवस्था छ । , उनले भने, ‘जनशक्ति अभावले बिरामी उपचारबाट वञ्चित नहोउन् भनेर लिइरहेका छौँ।’कोभिड वार्डमा अहिले तीन जना कर्मचारी खटिरहेका छौँ ।

अस्पतालमा कर्मचारी अभावले बिरामी उपचारमा खटिँदा सकस भएको छ । ‘जनशक्ति कम हुँदा पनि काम गरिरहेको अवस्था छ, यो अवस्था कल्पना बाहिर थियो।’

अस्पताल प्रशासनले कर्मचारी थप गर्ने कुरा मात्रै गरेको तर अहिले सम्म आलटाल गर्दै बसेको बुझिएको छ । कोरोना अस्पतालमा भिडभाड पनि उत्तिकै छ । केहिदिन अघिमात्रै नगर अस्पतालमा आएको सिलिन्डर समेत ब्यवस्थापन गरिएको छैन ।

अस्पताल प्रमुख भन्छन् व्यवस्थापन गर्ने मेरो काम होईन

नगर अस्पतालका प्रमुख मनिराज शाहले अस्पतालको व्यवस्थापन मिलाउने कार्य आफ्नो नभएको बताएका छन् । अस्पतालमामा कर्मचारीको अभाव छ? संक्रमित थपिदै छ्न ? बेडको अभाव ? तपाईहरु कसरी लाग्नु भएको छ भन्ने प्रश्नमा,, झर्किदै भने ,, यो सब व्यवस्थापन गर्ने काम मेरो होइन , बाटोमामा ढुंगा हटाउने,सिलिन्डर ओसार्नलाई म अस्पताल प्रमुख भएको होईन । रुकुम पश्चिमका अन्य पालिका यती व्यवस्था पनि छैन । हामिले धेरै यसको तुलनामा हामिले धेरै गरेका छौँ ।

अस्पतालमा कोरोनाका अन्य बिरामी आएमा भर्ना गर्ने
अवस्था छैन । ५० वटा सिलिन्डर अस्पतालमा आइपुगेको २ दिन भैसक्यो तर खाली चौर मै लडाइएको छ । जडान किन भएन ? भनी सोध्दा अस्पताल प्रमुख उल्टै थर्काउछ्न । यसले जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार