गोपाल बटाला , रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले कोरोना सङ्क्रमण भई नगर अस्पतालमा रहेकाहरूको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिएका छन् ।

पालिकाको विभिन्न वडाका सङ्क्रमितको अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै मनोबल उच्च राख्न हौसला प्रदान गरेका हुन् ।

सङ्क्रमितको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकालाई तत्काल औसधि उपचार गरिने र जटिल अवस्था आएमा थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिने बताइएको छ ।

अहिले नगरअस्पतालको आइसोलेसनमा ११ जना कोरोना संक्रमित रहेका छन् । सोमबार संक्रमितको अवस्था बुझ्न अस्पताल पुगेका मेयर केसीले कोरोना संक्रमण हुदैमा आतिनुपर्ने अवस्था नभएको भन्दै उच्च मनोबलका साथ आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार