पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगरको मृत्यु भएको छ ।

हस्तमायाका छोरा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार