बेलायतले गरिब देशलाई १० करोडभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी केही साताबाट गरिब देशहरूलाई खोप उपलब्ध गराउने बताएका छन् ।

‘हामीलाई चाहिनेभन्दा बढी रहेका १० करोड खोप अर्को वर्षसम्म वितरण गर्नेछौं,’ जी ७ बैठकको पूर्वसन्ध्यामा जोन्सनले भनेका छन् ।

उनले जी ७ का अन्य सदस्य राष्ट्रले पनि यस्तै प्रतिबद्धता जनाएर विश्वलाई अर्को वर्षसम्म खोप लगाउने वातावरण निर्माण गर्नेपर्ने बताएका छन् ।

‘जी ७ का अन्य राष्ट्रले पनि आफूसँग भएका खोप अन्य मुलुकलाई उपलब्ध गराएर अर्को वर्षसम्म विश्वले नै खोप लगाइसक्ने अवस्था निर्माण गर्नेतिर योगदान दिनुपर्छ,’ जोन्सनले भनेका छन् ।

धनी देशहरूले गरिब देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन उत्सुकता देखाउका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले पनि न्यून तथा मध्यम आय भएका देशसँगै अफ्रिकी संघलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार