जिल्लाको मुसिकोट नगरपालिका बाख्रापालनका लागि किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका छन।

बाख्रा खरिदका लागि टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरे पछि फिर्ता पठाइएको मुसिकोट नगरपालिकाकाले जानकारी दिएको छ।

बाख्रा खरिदका लागि सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो
बाख्रा खरिद, सँगै घाँस, औषधिसमेतकाे व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो । जस अनुसार बाख्रा केअरफाम नेपाल प्रा ली नेपालगञ्जले सम्झौता गरेको थियो ।

सङ्घीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो यस वर्ष १५० वटा बाख्रा वितरणको कार्यक्रम रहेको थियो ।
जसअनुसार बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाले जनाएको छ।

पहिलो चरणमा ल्याइएकामध्ये २६ वटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी
अहिले वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएपछि मुसिकोट नगरपालिकाले ठेकेदारलाई नै फिर्ता गरिदिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार