भारतमा बितेकाे २४ घण्टामा ८४ हजार ३ सय ३२ नयाँ काेराेना संक्रमित भेटिएका छन्। याे बितेका ७० दिन यताकै कम संख्या रहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नयाँ काेराेना संक्रमितकाे संख्या घटे पनि मृत्युदर भने फेरि उकालाे लागेकाे छ। २४ घण्टामा ४ हजार २ जना संक्रमितकाे मृत्यु भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

याे अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म भारतमा २ कराेड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन्। ती मध्ये २ कराेड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका छन्।

३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन्। अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन्।

भारतले आफ्ना २४ कराे ९६ लाख भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार