काठमाडौं । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसँगै देशमा जारी निषेधाज्ञाले धेरैको गाँस खोसिएको अवस्था छ । महामारीको यो जटिल अवस्थामा पनि एकल महिला समूह भने सक्रियताका साथ मानव सेवामा खटिएको छ ।

“मानवीय सेवा नै धर्म हो“ भन्ने मुल नाराका साथ चन्द्रागिरी नगरपालिका भित्रका चार वटा आइसोलेशन सेन्टरहरू जसमा मातातीर्थ ८ ,बलम्बु १२, थानकोट ३ र ४ वडाहरूमा नियमित दैनिक बिहानको ताजा पौष्टिक आहार ९खाजा सेवा० प्रदान गर्दै आएको छ ।

निषेधाज्ञा भएको केहिदिन यता समूहले कोरोना संक्रमितको लागि पौष्टिक आहार जुटाउदै आएको हो । निरन्तर सेवाको आज २४ औं दिन भयो । एकल महिला समूह चन्द्रागीरीकि अध्यक्ष शान्ती महर्जनले भन्नुभयो, कोरोनाको साहारा, पौष्टिक आहारा, संक्रमित व्यक्तिलाई आत्ममनोवल उच्च राख्न सामाजिक दुरी कायमगर्दै हामी भावनात्मक रुपमा लागिरहेका छौँ ।

महर्जनले भन्नुभयो, भावनात्मक दुरी नजिक बनाउदै संक्रमितलाई उच्च मनोबल र मायाका साथ समर्थन गर्दै हामिले सहयोगार्थ स्वरुप यो अभियान चलाएका छौँ ।

हामी एकल महिला दिदीबहिनीहरूले आफु एक्लो र बाल बच्चा “टुहुरा“ भएको कारणले अरू कसैले पनी एक्लोपन महसुस नगरुन भनी “कोहि पनि एक्लो छैन हामी साथमा छौं “ भन्दै अभियान चलाएको जानकारी दिनुभयो ।

आफु पनि बाँचौ अरूलाई पनी बचाऔं, भन्ने उदेश्यका साथ मानब अधिकारको लागि महिला, एकल महिला समुह चन्द्रागिरीले नगरपालिका भित्रका आइसोलेशनहरूमा फ्रन्टलाइनमा खटिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र बिरामीहरु लाई ताजा र सन्तुलित भोजन उपलव्ध गराउँदै आएका छौं ।

समूहले कोरोना संग लड्न र क्षमता बृद्धि गर्न राहत मिलोस भनी दैनिक बिहान दुध, केरा, चना, आलु, खिर, बिस्कुट, पाउरोटी ,अण्डा जस्ता पोष्टिक आहार पाइने खानेकुरा उपलब्ध गराउँदै आएको छ ।

थानकोट प्राथमिक हस्पिटलमा डाक्टर, नर्स हरूले लकडाउन र नगरपालिकाले सिल गरेको समयमा भोक लागेर पसलमा खाने कुरा किन्न जाँदा पसलहरु नखोलिने भोकले काम गर्न गार्हो भएको बेला यही नास्ताले दिन भरी राहत पुगेको र हेब्बी नास्ता बढी भएको दुध दिउँसो चिया खान समेत पुग्ने बताउनुभयो ।

त्रिसा नेपाल नामक संस्था र चन्द्रागिरी नगरपालिका संगको सम्वनयमा समूहले कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक र असहायलाई खाजा दिदैँ आएको छ ।

कोरोना संक्रमित बिरामीले यो अभियानले कोरोना बिरूद्ध लड्ने क्षमता बढेको र घर परिवार पनि बिहान देखि हतारमा आइसोलेशनमा खाना पुर्याउन आउनुपर्ने समस्या हटेको बताइएको छ ।

एक बिरामिले भन्नुभयो, अस्पतालमा भर्ना भएदेखी निशुल्क खाना खादैँ आएको छु । बेलाबेला हौसला बढाउने काम पनि गर्नुहुन्छ । खुशी लागेको छ । यहाँहरुको मायाले गर्दापनी कोरोना लाई चाडैं जित्ने हिम्मत पलाएको छ ।

चन्द्रागिरी नगरपालिकाका एकल महिला समूहले स्वंयम आफ्नै रकमले शुरू गरेको यो अभियानमा अहिले देश बिदेशबाट सहयोगी हातहरु पनि जोडिएका छन् । समुहले केन्द्रिय कार्यालय हात्तिगौडा देखि जिल्ला सम्म यो अभियान सञ्चालन गर्दै आएको छ ।

महामारीको संकटमा सहयोगको खाँचो हुने भएको भन्दै संस्थाले अभियानमा सहयोग र सम्वनय गर्न चाहने ब्यक्ति, सस्थाले आफुसँग सहकार्य गर्न सक्ने जनाएको छ । साथै चन्द्रागिरी नगरपालिका, आइसोलेशन ब्यवस्थापन समिति र सहयोगी हातहरु सबैलाई चन्द्रागिरी एकल महिला समुहले धन्यवाद समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार