काठमाडौं । आजदेखी ट्यांकर चालकहरूले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने भएका छन्। कोरोनाको खोपको व्यवस्था नगरे सम्म पेट्रोलियम ढुवानी कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,, ‘चालक सहचालका लागी खोप उपलब्ध गराउन हामीले पटक–पटक ध्यानाकर्षण गराउदा पनि हामिले खोप पाएनौँ । जबसम्म खोपको ब्यवस्था हुँदैन तबसम्म हामीले पेट्रोलियम पदार्थ ओसारपसार गर्दैनौं अध्यक्ष लामाले भन्नुभयो।

उहाँका अनुसार आज आइतबादेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरिएको छैन। डिपो परिसरमा अहिले ट्यान्करको लाम लागेको छ । एम्बुलेन्स र अत्यावश्यक साधनको लागि भने डिपोले इन्धन उपलब्ध गराउने जनाएको छ ।

कोरोना संक्रमणबाट थुप्रै ट्यांकर चालक तथा सहचाल संक्रमित र कतिपयको मृत्यु समेत भइसकेसको  अवस्थामा पनि पिसिआर परिक्षण नगर्ने , खोप उपलब्ध नगराएको संघले जनाएको छ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै संघले कोरोनाको खोप उपलब्धताका लागि पटक–पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको व्यवसायीहरूले बताएका छन्। 

पूरा बिज्ञप्ति हेर्नुहोस:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार