सत्य बटाला। रुकुम पश्चिम,आठबिसकोट नगरपालिकामा कोरोना भाइरस विरुद्धको भेरोसेल खोप पहिलो मात्रा आज ६३ जनाले लगाएका छन।
भेरोसेल पहिलो मात्राको खोप ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिक लाई खोप दिइएको हो।

आज पहिलो दिन नगरपालिमा ६३ जनालाइ खोप दिइएको स्वास्थ्य तथा सामाजिक बिकास शाखा प्रमुख मनिराज शाहले जानकारी दिनुभयो । पहिलो दिन स्वास्थ्य चौकी स्यालखदिमा २ जना पुरुष, स्वास्थ चौकी गोतामकोटमा १ जना महिला, २ जना पुरुष, स्वाथ्य चौकी घेत्मामा ४ जना महिला ५ जना पुरुष स्वास्थ्य चौकी डाँडागाउमा १ जना महिला र आठबिसकोट नगर अस्पतालमा १८ जना ३० जना पुरुषलाई खोप दिइएको हो।

नगरपालिका भरी जम्मा ६३ जनालाइ भाएल पहिलो चरणको खोप दिइएको सयोजक शाहले बताउनु भयो । त्यस्तै आठबिसकोट नगरपालिकामा जम्मा ४सय ७५ भायल खोप आएको थियो।

स्वास्थ्य चौकी स्यालाखदिमा ६० भायल , स्वास्थ्य चौकी गोतामकोट मा १ सय भायल , स्वास्थ चौकी आठबिसडाँगाउमा ९० भायल स्वास्थ्य चौकी घेत्मामा ६५ भायल र आठबिसकोट नगर अस्पतालमा १ सय ६० भायल उपलब्ध भएको थियो । आज छुटेकाहरुलाइ भोलि १० बजे देखि ५ बजे सम्म खोप दिइने अस्पताल स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार