काठमाडौँ- स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ ।आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।

स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक/एक गोल गरे । जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार