गोपाल बटाला काठमाडौं। मातृभाषा अनुवादक समाज द्वारा कोरोना भाइरसको संक्रमण रोकथामका लागि सिन्धुपाल्चोकका स्थानीय तहलाई मास्कलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन निःशुल्क रुपमा सर्जिकल मास्क,स्यानिटाइजर, साबुन ,पञ्जा ,पिपिई, फेसिल्ड लगायतका अन्य स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

उक्त स्वास्थ्य सामग्री सिन्धुपाल्चोकको लिसंखु–पाखर गाउँपालिका वडा नम्बर -७ का अध्यक्ष बहेन बहादुर घिसिङको उपस्थितिमा सोही पालिकाको स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको मातृभाषा अनुवाद समाजका कार्यकारी निर्देशक बुद्ध घिसिङले जानकारी दिनुभयो ।


घिसिङले भन्न्नुभयो, लिसंखु पाखर गाउँपालिकाका वडा नं. ७ लाई स्वास्थ्य सामग्री निशुल्क उपलब्ध गराएका छौँ । साथै सुनकोशी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काको उपस्थिति र स्थानीय नाङसल युवा क्लबको सहकार्यमा देविस्थान स्वास्थ्य चौकिमा सर्जिकल मास्क ,पञ्जा लगायतका सामग्री वितरण गरिएको घिसिङले बताउनुभयो ।

साथै संस्थाले अहिलेको अवस्थामा कोरोनाको सम्भावित जोखिम रोक्न सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार