रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा करेन्ट लागेर एक महिला गम्भिर घाइते भएकी छिन । आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीकी २२ वर्षीया महिलालाई सोमबार साँझ करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएकी ति महिलालाई उपचारका लागि मङगलबार बिहान काठमान्डौँ लगिएको स्थानिय बसन्त चन्दले जानकारी दिनुभयो । आठविसकोट नगरपालिकामा भर्खरै केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिएको छ । विद्युत विस्तारमा लापरवाही भएका कारण स्थानियलाई करेन्ट लाग्ने गरेको बताइएको छ ।

गत जेठ २२ गते मात्रै नगरपालिकाको वडा नम्बर ११ का ८ वर्षीय बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका नारायण पुरि (निर्माण)को अहिले ललितपुरमा उपचार भैरहेको छ । करेन्ट लागेर घाइते भएका बालकको एउटा हात काटेर उपचार भेरहेको बताइएको छ । विद्युतको लाइन विस्तारमा चरम लापरवाही भएको भन्दै स्थानिय आक्रोसित भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार