काठमाडौं, मानव अधिकारका लागि महिला एकल महिला समूह चन्द्रागिरिले निषेधाज्ञामा मानव सेवा नै धर्म हो भन्ने उदेश्यले सुरु गरेको निशुल्क खाजा बितरण अभियानको एक महिना पूरा भएसंगै समिक्षा बैठक पनि सकिएको छ ।

चन्द्रागिरी नगरपालिकाका विभिन्न आइसोलेसन सेन्टरहरुमा दैनिक रूपमा निशुल्क पौष्टिक–आहार सेवाको मंगलबार १ महिना पुरा भएको हो । सोही अवसरमा एकल महिला समूहकि संस्थापक लिलि थापाको संयोजकत्वमा समिक्षा बैठक समेत सम्पन्न भएको छ ।

कोरोनाको दोस्रो भेरियन्ट सुरुभएसंगै एकल महिला समूह चन्द्रागिरिले नगरपालिका भित्र रहेका ४ वटा कोरोना आइसोलेसनमा निशुल्क खाजा बितरण गर्दै आएको छ।

महामारीको यो विषम परिस्थितिमा पनि एकल महिला समूह ले त्रिसा नेपाल र नगरपालिका संग सम्वनय गरि सुरु गरेको यो अभियान सफलता पुर्वक एक महिना पूरा भएको चन्द्रागिरिकी अध्यक्ष शान्ती महर्जनले बताउनुभयो ।

उहाँले भन्न्नुभयो, हामी एक्लैले सम्भव थिएन । हामिले सरुवात गरेका हौँ । यसमा साथ दिने धेरैजना हुनुहुन्छ । उहाँहरुको साथसहयोगले हाम्रो अभियानले सार्थकता पाएको छ । वास्तमै यो संकटको समयमा मानव सेवा गर्न पाउँदा हामिलाई पनि खुशी मिलेको छ। यहाँहरुले हाम्रो अभियान प्रति समर्थन देखाउनु भएकोमा एकल महिला समूह आभार प्रकट गर्दछ।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामी , बिरामिका ,कुरुवा ,सुरक्षाकर्मी र संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा पौष्टिक आहार उपलब्ध गराउँदै आइएको छ ।

एकल महिला समूह कि संस्थापक लिलि थापाले मुलुकमा आइपर्ने जुनसुकै बिपतमा पनि एकल महिलाको सक्रियता रहेको बताउँनुभयो । “एकल महिला मानव स्रोत हो “। यसलाई सरकारले समयमै पहिचान गर्न जरुरी छ ।

बिपत्तिमा एकल महिला आफैं पनि समस्यामा भएको अवस्थामा मानव सेवामा खटिएको अवस्था छ । यो अभियानबाट समाजले पनि केही कुरा सिक्नुपर्छ। एकल महिलाको सक्रियतालाई स्थानीय तहले बुझ्नुपर्छ । अनि मात्रै सामाजिक ,आर्थिक रुपमा सशक्त हुने थापाको भनाई छ ।

एकल महिला समूहले आफ्नै भत्ता समेत कटाएर रकम जम्मा गरि सुरु गरिएको यो अभियानले साच्चिकै सामाजिक उत्तरदायित्वको भूमिका खेलेको त्रिसा नेपालका संस्थापक अनिल थापाले बताउनुभयो । थापाले भन्नुभयो ,,एकल महिलाको यो अभियानमा हाम्रो संस्थाले पनि सम्वनय गरेको छ । यो अभियान आफैमा एक सशक्त अभियान हो । एकल महिला समूहले मात्रै नभई हामि सबैले यो मानव सेवा अभियानमा साथ दिन जरुरी छ।

त्यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले एकल महिला समूहको यो अभियानले ठूलो राहत पुर्याएको बताउनुभयो । यो जटिल अवस्थामा संक्रमित लाई पौष्टिकयुक्त खाजा खुवाउने कार्य प्रसंशा योग्य छ । वडामै आइसोलेसन सेन्टर भएपछि खुशी भएका स्थानीयहरु महिला समूहले निशुल्क खाजा उपलब्ध गराएपछि झनै खुशी भएको श्रेष्ठले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार