काठमाडौं । सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरूका लागि राहत तथा स्वास्थ सामग्री पठाइने भएको छ । राहत वितरणका लागि बाढी प्रभावित क्षेत्रमा खाद्यान्न सहित स्वास्थ्य सामग्री पठाउन लागिएको हो ।
डिजास्टर एक्सन ग्रुप( DAG) ,संकल्प ,फेदो र एकल महिला समूहको संयुक्त सम्वनयमा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पीडितलाई राहत बितरण गर्न लागेको (DAG) कि सदस्य चन्द्रिका भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिन्धुपाल्चोकका दुई बाढी प्रभावित क्षेत्रमा खाद्य, स्वास्थ्य सामाग्रीसामाग्री,लत्ताकपडा वितरणका लागि काठमाडौंबाट भोलि पठाउन लागिएको छ।
बिपत्तिको बेलामा पिडित लाई केहि भनेपनि सहयोग मिल्ने भन्दै बाढिले घरबार बिहिन भएपनि पिढामा मलम लगाउन राहत बितरण गर्न लागेको भट्टराईले बताउनुभयो ।
विभिन्न किसिमका दाता,ब्यक्ती र संस्थाले सहयोग गरेको संकलित रकम र सामग्री सहित (चिउरा,दालमोठ,बिस्कुट ) ड्राइफुड,महिलाहरूको लागि स्वास्थ्य सामग्री ,चामल,साबुन ,मास्क लगायतका ३ लाख बढिको राहत वितरण गर्न लागेको जनाइएको छ ।