इमेज टेलिभि’जनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनारलाई सानो जात भनी कोठा नदिने घरबेटीलाई प्रहरीले प्रक्रा’उ गरेको छ ।आज (आइतबार) बिहान आफ्नै घरबाट ति महिलालाई महा’नगरीय प्रहरी वृत्त सिंहदरबारले प्र’क्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका-११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइस’केपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वी’कार गरेकी थिइन ।

रूपाले आफूमाथि जा’तीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटी’विरुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जा’हेरी दर्ता गरेको थियो ।

आफ्नी आमा’सँग बस्दै आएकी रूपा गत मङ्गलवार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । आफ्नी साथीले देखा’उन लगेको कोठा रूपालाई मन परेको थियो । सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।भा’डाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन् । त्यसपछि भने घ’रबेटीले कोठा नदिएकी हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार