बागलुङ : बागलुङ नगरपालिका–३ रात्माटामा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा गम्भीर घाइते भएका बागलुङ–१२ का १८ वर्षीय युवा सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

सडकमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट खस्दा ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका सहचालक विकलाई धौलागिरी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक इकवाल हवारीले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार