काठमाडौँ: हेलम्बु तथा मेलम्ची क्षेत्रका बाढी पीडितहरुलाई एमटिटिएस तथा अगापे चर्चको व्यवस्थापनमा ८ लाख रकम बराबरको राहत सामग्री उपलब्ध गराइएको छ ।

राहत सामग्रीका लागि एफजिटी चर्च नेपालगञ्‍ज, लाईभ चर्च अमेरिका र भुपालमानसिंह कार्की फाउण्डेसनले रकम जुटाएका हुन् ।

पास्टर तथा कानून व्यवसायी बुद्ध घिसिङ र पास्टर रमेश भण्डारीको अग्रसरतामा उक्त राहत वितरणको काम सम्पन्न भएको हो । असार १३ र १४ गते हेलम्बु गाउँपालिकास्थित चनौटे र किउलका बासिन्दालाई उक्त राहत वितरण गरिएको हो ।

राहतको रुपमा जस्ता ३० बण्डल जस्ता, २०० थान झुल, ४४ वटा टेन्ट, १०० जोर कपडा वितरण गरिएको पास्टर बुद्ध घिसिङले बताउनुभयो ।

पास्टर तथा कानून व्यवसायी घिसिङको टोलीले यसअघि पनि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका लगायत क्षेत्रमा पहिरोबाट घरबार विहीन भएका गाउँलेहरुका लागि लाखौँ रकमको राहत सामग्री सहयोग प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार