रुकुम पश्चिम। सयुक्त बिद्यार्थी संठगनले आज सदरमुकाम खलंगामा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले ११जना बिद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

पुत्ला जलाउने क्रममा प्रहरीको लाठि प्रयोग गरेर हातपात गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सुशिल बिष्ट, अखिल क्रान्तिकारी जिल्ला सचिव नारायण केसी र बिप्लब नेक्तृत्तो नेपाल कम्यनिस्ट पार्टि निकटअखिल ( क्रान्तिकारी ) निवर्तमान जिल्ला उपाध्यक्ष सोमपाल कामी घाईते भएका छन ।

पक्राउ पर्ने मध्ये बिष्ट र केसीको टाउकोमा चोट लागेको छ। भने सोमपालको हातमा चोट लागेको आन्दोलनमा सहभागी एक ब्यक्तिले बताएका छन ।

घाईते बिष्ट र केसीसँगै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सयुक्त बिद्यार्थी संगठनको केन्द्रिय कार्यक्रम अनुसार यहाँका राजनितिक दल निकट बिद्यार्थी संगठनहरुले बेलुका पुत्ला जलाउने कार्यक्रम राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार