मुम्बई : बलिउड अभिनेता शाहरूख खानले चलचित्रको पर्दाबाट करोडौं मानिसको मन जितिरहेका छन्। अब उनी म्युजिक भिडियोमार्फत दर्शकको मन जित्ने अभियानमा छन्।

शाहरूखले हालै एक स्टुडियोमा भिडियो सुटिङ पनि गरिसकेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार केही समयपछि नै रिलिज हुने भिडियोमा उनी आफ्नो पुरानै अन्दाजमा प्रस्तुत हुनेछन्। उनले भिडियोका लागि निकै मेहनत पनि गरेका छन्। ब्रान्ड प्रोमोसनका लागि तयार पारिएको भिडियोमा उनी ‘दिलवाले दुल्हनिया ले जाएगें’ शैलीमा प्रस्तुत हुनेछन्। बलिउड हंगामाका अनुसार शाहरूख भारतको लोकप्रिय हेयर कलर ब्रान्ड स्ट्रिक्ससँग आबद्ध भएर प्रचारात्मक अभियानमा जोडिएका छन्। पुरुषहरूलाई आत्मविश्वास बढाउन शाहरूख म्युजिक भिडियोमार्फत नयाँ अवतारमा देखिन लागेका हुन्। पहिलो पटक म्युजिक भिडियोमा देखिन लाग्दा निकै उत्साही भएको अभिनेता शाहरूखले बताएका छन्।

शाहरूख अहिले बलिउड फिल्म ‘पठान’ को सुटिङमा व्यस्त छन्। ‘पठान’ मा जोन अब्राहम मुख्य भिलेनको रूपमा देखिनेछन्। यशराज फिल्मस् स्टुडियोमा केही एक्सन सिनको सुटिङ धमाधम भइरहेको छ। उक्त सिनेमालाई आदित्य चोपडा र सिद्धार्थ आनन्दले धमाकेदार बनाउन कुनै कसर बाँकी राखेका छैनन्। सिनेमामा दीपिका पादुकोणको अभिनय पनि रहेको छ।आजको अन्नपूर्ण पोस्ट मा,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार