रजनी योगि दैलेख ः कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण निधन भएका नेपाली काँग्रेस दैलेखका नेता जगतजंग थापाको अन्तिम दाहसंस्कार गरिएको छ । दैलेखको श्रीस्थानस्थित

आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । कोरोना संक्रमित भई दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको आइतवार राती ३ बजे निधन भएको थियो । वि.स. २००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका नेता थापाको ७३ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार